Monday, July 14, 2025
spot_img

दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’

spot_img

Share

spot_img

पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गरेको हो ।

केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ । यसैगरी राप्ती–१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान गरिएको छ । कालिका नगरपालिकामा १९५ परिवारलाई मिटरबक्स वितरण गरिएको उनले जानकारी दिए । अन्यलाई क्रमशः वितरण गर्दै जाने उनको भनाइ छ ।

मिटरबक्स जडान गर्दा आवश्यक पर्ने मिटर, तार र एमसिबीसमेत निःशुल्क प्रदान गरिएको छ । चौधरीका अनुसार ती दुई पालिकामा मिटरबक्स वितरणका लागि प्राधिकरणले रु एक करोड २० लाख खर्च गर्दैछ । यसरी वितरण गर्न लागिएका मिटरबक्स पाउने अधिकांश चेपाङ समुदायका रहेका छन् ।

उनीहरुले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा रु ३० तिर्नुपर्ने हुन्छ । चौधरीले भने,“अति विपन्न परिवारलाई मिटरबक्स जडान थालेका छौँ, विद्युत् शुल्क भने उनीहरुले तिर्नुपर्ने हुन्छ ।” लक्षित वर्गलाई यथासक्य छिटो मिटरबक्स जडानका लागि पहल गरिदिन वडाअध्यक्षमार्फत सहजीकरणका लागि अनुरोध गरिएको उनले बताए ।

रितपूर्वक प्राप्त निवेदनपश्चात् मिटरबक्स जडान गरिनेछ । यसअघि इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा बसोबास गर्नेलाई मिटरबक्स निःशुल्क वितरण गरिएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img