Thursday, February 19, 2026
spot_img

कर्णाली कोरिडोरः भौतिक प्रगति १५ र आर्थिक प्रगति १३ प्रतिशत

spot_img

Share

spot_img

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजिसी) ले निर्माण गरिरहेको ४०० केभी क्षमताको कर्णाली कोरिडोर (फुकोट–बेतन–दोदोधारा) प्रसारण लाइनको भौतिक प्रगति १५ प्रतिशत सम्पन्न भएको छ । करिब एक वर्षअघि निवर्तमान ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको लाइनको काम अघि बढेको हो ।

लाइनको आर्थिक प्रगति भने १३ प्रतिशत भएको आरपीजिसीले जानकारी दिएको छ । अहिले लाइनको टावर रहने फाउण्डेसन (जग) को काम भइरहेको छ ।

कर्णाली र महाकाली लगायतका नदी खोलाबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन र भारत निर्यातका लागि समेत उपयोग गर्न यो लाइन निर्माण गरिएको हो । यो लाइन कालिकोटको मान्मबाट सुरु भएर अछाम, सुर्खेत हुँदै दोधारासम्म पुग्छ ।

दोदोधाराबाट पनि ४०० केभीको अर्को प्रसारण लाइन निर्माण हुने पक्रियामा रहेकोले कर्णाली कोरिडोर आन्तरिक खपत र बढी भएको बिजुली भारत निर्यात गर्नका लागि समेत महत्वपूर्ण मानिएको छ ।

यो आयोजना निर्माण पूरा भएपछि २५०० मेगावाटसम्मको विद्युत् प्रवाह गर्न सकिनेछ । यही लाइनमा जोडिनका लागि ४४० मेगावाटको तिला–१, ४४२ मेगावाटको बेतन कर्णाली, ४५० मेगावाटको सेती नदी–६, ९०० मेगावाटको माथिल्लो कर्णाली, ४८० मेगावाटको फुकोट कर्णाली अघि बढेका छन् ।

तिला–१ जलविद्युत् आयोजनाको विद्युत् यही कोरिडोरमा जोड्न आरपिजिसीसँग प्रवर्द्धक कम्पनीको ग्रिड कनेक्सन एग्रिमेन्ट समेत सम्पन्न भइसकेको छ ।

लाइन करिब १२५ किलोमिटर लामो रहनेछ । जम्मा २५६ वटा टावर रहनेछ । यस प्रसारण लाइन आयोजनामा दक्षिण एसियाकै लामो मध्यको करिब १३५० मिटर लम्बाइको ‘रिवर क्रसिङ’ रहेको छ । जसमा करिब १२० मिटर अग्ला दुईवटा टावर निर्माण गरिने छ ।

यो प्रसारण लाइनको निर्माण सम्पन्न गर्न २१.५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । लाइनमा ३ वटा सबस्टेसन निर्माण हुनेछ । फुकोट सबस्टेसन कालिकोटको खादाँचर्कमा, बेतन सबस्टेसन सुर्खेतको चौकुनेमा र दोदोधारा सबस्टेसन कैलालीको दोदोधारामा निर्माण हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img