काठमाडौँ । शशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमा नगरपालिका–३, ड्राइभर टोलमा निर्माण गरेको अत्याधुनिक चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । कम्पनीले एकैपटक १४ वटा सवारी साधन चार्ज गर्न सकिने स्टेशन सञ्चालनमा ल्याएकाे हाे ।
नेपालमा विद्युतीय सवारी साधन (ईभी) को उपयोग बढ्दै गएको सन्दर्भमा कम्पनीले १ हजार केभिए क्षमताको चार्जिङ स्टेशन निर्माण गरी सञ्चालनमा ल्याएकाे छ ।
यस चार्जिङ स्टेशनबाट विद्युतीय बस, कार, भ्यानलगायत सबै प्रकारका ईभीलाई द्रुत, भरपर्दो र प्रविधिमैत्री सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।








