Monday, March 9, 2026
spot_img

चितवनको विद्युत् समस्या बुझ्न कार्यकारी निर्देशक शाक्य भरतपुरमा

spot_img

Share

spot_img

काठमाडाैँ । चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन् । शाक्य वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्धायुकुमार श्रेष्‍ठ लगायतको टोलीसहित भरतपुर पुगेका हुन् ।

विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि लाेडसेडिङ् सुरू भएकाे भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन पुगेका हुन् । केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका गर्न एक दिनको लागि अत्यावश्यक मर्मत कार्य गर्न लोड व्यवस्थापन तालिका निकालेकाे थियाे ।

त्यसैतालिकालाइ लिएर अतिरञ्‍जित तरिकाबाट आम उपभोक्ताहरुमा भ्रम श्रृजना भइरहेकाेले शाक्य खुद उक्त क्षेत्रमा अत्याधिक लोडको कारण सिर्जित समस्या समाधानका लागि भरतपुरस्थित स्वस्टेशन लगायत वितरण केन्द्रहरुबाट विद्युतीय संरचनाहरुमा भइरहेको मर्मत तथा निर्माण कार्य निरिक्षण अलोकन गर्न पुगेका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img