Thursday, February 19, 2026
spot_img

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधन लन्च हुँदै

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ सवारीसाधन लन्च गरिने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा नाइमाले उक्त जानकारी दिएको हो ।

प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपाग्रे र पाँचवटा कमर्सियल गाडीहरू सार्वजनिक गरिने नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिए । एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी पनि दिए ।  

कार्यक्रममा अटो एक्स्पो समितिका सदस्य गौरव सारडाले एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिए । त्यस्तै, अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने र त्यहाँको भौतिक  पूर्वाधारमा गरिएको सुधार– विशेषतः जलनिकासीे, अपांगमैत्री पूर्वाधारजस्ता व्यवस्था उल्लेखनीय रहेको बताए ।

एभरेस्ट बैंक र नेसन लाइफ इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउन्टेन ड्यु, वृविङ पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्भिलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिंक, हस्पिटालिटी पार्टनरमा सोल्टी होटल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् । 

आयोजकका अनुसार प्रदर्शनीका आगन्तुकहरूलाई प्रायोजक कम्पनीहरूले विशेष व्यवस्था गरेका छन् । राइड पार्टनर पठाओले प्रदर्शनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनीस्थलमा २४ सै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछन् ।  

यसबाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि गर्ने बताइएको छ । प्रतियोगितामा २१ साउनसम्ममा नाइमा अटो एक्स्पोसम्बन्धी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतियोगीलाई १ लाख र २१ देखि २५ साउनसम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरू प्रत्येकलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजेदेखि ५ बजेसम्म ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा ज्ञानवर्द्धक सत्र सञ्चालन गर्दै छन् भने अरु दिनका सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेसनजस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरूको उपस्थिति रहनेछ । 

कम्पनीका अनुसार एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुनेछन् । प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध हुने बताइएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बिक्री भएका टिकटहरूको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोसिपहरू प्रदान गरिने निर्णय भएको पनि बताइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img