Monday, May 25, 2026
spot_img

यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउँः मन्त्री दाहाल

spot_img

Share

spot_img

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनु पर्नेमा जोड दिए । सोमबार ललितपुरमा भएको काठमाडौ उपत्यकाको यातायात व्यवस्थापनका बारेमा जाईकाले गरेको अध्ययन बारेको कार्यक्रमलाई संवोधनका क्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले पनि लाभ लिन सक्नु पर्ने बताएका हुन् ।

छिटो, छरितो र गुणस्तरीय सेवा उपलव्ध गराउन नविन प्रविधी र शैलीलाई अनुशरण गर्नु पर्ने मन्त्री दाहालको भनाई छ । अब परम्परागत रुपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नु पर्नेमा जोड दिए ।

यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्वन्ध र सहकार्यलाई समेत बढाउनु पर्ने बताए । मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जाईका तथा दातृनिकायहरुले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरे ।

जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउदा जापान खुशी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उल्लेख गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शुशिलबाबु ढकालका अनुसार जाईकाले ३ वर्ष भन्दा लामो समय लगाएर काठमाडौको शहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन् गरेको हो । ट्राफिक लाईट तथा ईन्टरसेक्सन व्यवस्थापन लगायतका बारेमा जाईकाले विभिन्न गाईडलाईन सहित सुझाव समेत दिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img