काठमाडौँ । पेशाले व्यावसायिक सिभिल इन्जिनियर तथा आयोजना व्यवस्थापन विज्ञ अमित पोखरेल ‘इन्जिनियर्स अस्ट्रेलिया एक्सेलेन्स अवार्ड २०२५’ का लागि मनाेनित भएका छन् । प्रोफेसनल इन्जिनियर अफ द इयर’ श्रेणीमा क्यानबेरा डिभिजनबाट Engineers Australia Excellence Award 2025 का लागि मनोनयन भएका पोखरेल एक अग्रणी इन्जिनियर हुन् ।
नेपाल, अस्ट्रेलिया र विश्वव्यापी क्षेत्रमा आफ्नो क्षमता र नेतृत्व प्रस्तुत गर्दै इन्जिनियरीङ पेशामा नयाँ उदाहरण स्थापित गरेका पोखरेल यस अवार्डका लागि मनाेनयन भएका छन् ।
ऊर्जा डेभलपर्स प्रा.लि.-ऊर्जा इन्जिनियरिङ र म्यानेजमेन्ट साेलुसन्समा प्रखुम इन्जिनियरको रूपमा कार्यरत पाेखरेलले अहिले पाँच प्रमुख नवीनीकरणीय ऊर्जा परियोजनाहरूको नेतृत्व गरिरहेका छ्न् । जसमा माथिल्लो म्याग्दी १ जलविद्युत परियोजना (५३.५ मेगावाट), तिला २ जलविद्युत परियोजना (४२० मेगावाट, PROR), म्याग्दी खोला जलविद्युत परियोजना (६५ मेगावाट), र दुई सौर्य परियोजनाहरू जम्मा ४० मेगावाट छन् ।
उनले प्राविधिक दक्षता, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई एकसाथ लिएर प्रेरणादायी नेतृत्वकर्ताको रुपमा काम गरिरहेका छन् । नेपालमा दीगो इन्जिनियरीङ अभ्यास, पूर्वाधार विकास तथा समुदाय सशक्तिकरण लागि पहल गर्दै आएका पोखरेल इन्जिनियर्स अष्ट्रेलियामा क्रान्तिकारी योगदान पुर्याउँदै पेशागत विकास, नवप्रवर्तन र नीति निर्माणमा सक्रिय भूमिका निभाएका छन् ।
आफ्नो इन्जिनियरिङ कार्य बाहेक पाेखरेल स्विट्जरल्याण्डस्थित ग्लोबल इन्फ्रास्ट्रक्चर बेसल फाउन्डेसनसँग सम्बन्धित ‘फास्ट इन्फ्रा लेबल’ को कार्यकारी सल्लाहकार समिति सदस्यका रूपमा कार्यरत छन् । उनले दिगो विकासमा योगदान दिँदै पूर्वाधार परियोजनाहरूको मूल्याङ्कन नेतृत्व गर्छन् । उनको संलग्नताले नवीकरणीय ऊर्जा, जलविद्युत, दिगो पूर्वाधारदेखि लिएर अन्तर्राष्ट्रिय मापदण्डसम्मका इन्जिनियरिङका विविध पक्षहरूप्रति उनको सक्रियता प्रतिबिम्बित गर्छ ।
उनका विश्वव्यापी उपलब्धिहरूकै कारण उनले Unified Brainz र Passion Vista Magazine द्वारा आयोजित Global Game Changers 2024 Award पाएका छन्, जसले उनको नवीन दृष्टिकोण र अन्तर्राष्ट्रिय प्रभावलाई सम्मान गरेको छ ।
पोखरेललाई Engineers Australia Excellence Award 2025 का लागि मनोनयन हुनु नेपालका लागि गर्वको क्षण हो । यसले स्थानीय प्रतिभाले अन्तर्राष्ट्रिय स्तरमा सार्थक प्रभाव पार्न सक्छ। अमितले प्राविधिक दक्षता, रणनीतिक दृष्टिकोण, र सामाजिक उत्तरदायित्वलाई संयोजन गरेर दिगो विकासलाई अगाडि बढाउने तथा विश्व इन्जिनियरिङ क्षेत्रमा नेपालको उपस्थितिलाई उचाल्ने दूरदर्शी नेतृत्वको उदाहरण प्रस्तुत गरेका छन् ।
उनको प्रोफाइल Engineers Australia Excellence Award 2025 को शोकेस बुकलेटमा समेत प्रकाशित गरिएको छ । पोखरेल नेपाल र विश्वका इन्जिनियरहरूका लागि प्रेरणाका स्रोत र नेतृत्वको प्रतिमुर्ति हुन् ।








