Thursday, December 4, 2025
spot_img

प्रिमियम बक्यौता विवाद: थप तीन उद्योगले पहिलो किस्ता बुझाएपछि पुनः बिजुली जडान

spot_img

Share

spot_img

काठमाडाैँ । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम रकम बक्यौता विवादमा परेका थप तीन उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई पहिलो किस्ता बुझाएपछि पुनः बिजुली जडान गरिएको छ।

प्राधिकरणका अनुसार मंगलबार भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौता रकमको पहिलो किस्ता बुझाएका हुन्। किस्ता तिरेपछि ती उद्योगहरूको लाइन पुनः जडान गरिएको हो।

ती उद्योगहरूले माघ २०७२ देखि वैशाख २०७५ सम्मको अवधिमा डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत बाँकी रहेको प्रिमियम महसुलको पहिलो किस्ता तिरेका हुन् । यी उद्याेथकाे बक्यौता रकम क्रमशः एसआर फुड्सको १ करोड ४८ लाख रुपैयाँ, भलवारी स्वचालित कारखानाको ३० लाख रुपैयाँ, र एसआर स्टिल इन्डस्ट्रिजको १६ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । उक्त रकम २८ किस्तामा बुझाउने व्यवस्था गरिएको छ ।

यसअघि सोमबार भैरहवा क्षेत्रका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पनि पहिलो किस्ता तिरेका थिए । ती उद्योगहरूको बक्यौता रकम क्रमशः पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख, र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ रहेको थियो।

नेपाल विद्युत् प्राधिकरणले हालै डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत बिजुली लिएका तर प्रिमियम महसुल नतिर्ने उद्योगहरूको लाइन काट्ने अभियान सुरु गरेको थियो। किस्ता बुझाउने उद्योगहरूलाई भने पुनः आपूर्ति सुरु गरिएको प्राधिकरणले जनाएको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img