Friday, September 4, 2026
spot_img

एचआईडिसीएलको लगानी प्रवाह सुस्त: बैंक मौज्दात बढ्यो

spot_img

Share

spot_img

काठमाडाैँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) बाट स्वीकृत लगानी अपेक्षाअनुसार समयमा प्रवाह नहुँदा कम्पनीको बैंक मौज्दात उच्च स्तरमा पुगेको छ ।

कम्पनीले स्थापना कालदेखि हालसम्म ४७ वटा जलविद्युत् तथा नवीकरणीय ऊर्जा परियोजनाका लागि ६३ अर्ब ४० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । तर सोमध्ये १५ अर्ब ०३ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भइसकेको कम्पनीले जनाएको छ । बाँकी ४८ अर्ब ३७ करोड रुपैयाँ अझै प्रवाह हुन बाँकी रहेको छ ।

विशेषगरी आयोजना निर्माण प्रक्रियामा भएको ढिलाइ, वित्तीय व्यवस्थापनका चुनौतीहरू र सरकारी स्वीकृति प्रक्रियामा लाग्ने समयले लगानी प्रवाह सुस्त भएको जनाइएकाे छ ।

कम्पनीबाट जलविद्युत् परियोजनामा प्रवाह भएको कर्जामध्ये ७ अर्ब ५९ करोड रुपैयाँ कर्जा बाँकी रहेको पनि कम्पनीले जानकारी दिएको छ । सञ्चालनमा आएका आयोजनाहरूबाट कर्जा भुक्तानी तालिकाअनुरुप नियमित रुपमा भइरहेको जनाइएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्ममा बजार मूल्य अनुसार स्वपूँजी लगानी अन्तर्गत सार्वजनिक एव् निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत् तथा नवीकरणीय ऊर्जा सम्बन्धी परियोजना वा कम्पनीहरूमा ४ अर्ब ५७ करोड रुपैयाँ स्वपूँजी लगानी भएको छ ।

सहायक कम्पनीमार्फत घुन्सा खोला र सिम्बुवा खोला

कम्पनीले आफ्नो सहायक कम्पनीमार्फत घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । यी आयोजनाहरूको सेयर संरचनामा नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडलाई समेत सहभागी गराई सेयर संरचना परिवर्तन गरिएको कम्पनीले जानकारी दिएको छ ।

घुन्सा खोलाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ । यसैगरी, सिम्बुवा खोलाको निर्माण पूर्वका अन्य कार्यहरू सम्पन्न भई विद्युत् खरिद बिक्री सम्झौता र वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img