Monday, March 9, 2026
spot_img

तल्लो हेवाखोला ‘ए’ मा जुट्याे लगानी

spot_img

Share

spot_img

काठमाडाैँ । संखुवासभाकाे पाचखपन नगरपालिका वडा नम्बर ६ र ७ मा निर्माण अघि बढेकाे ६.८४८ मेगावाट क्षमताकाे तल्लो हेवाखोला ए जलविद्युत आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त आयोजनाको प्रवर्द्धक कम्पनी पाँच खपन हाइड्रोपावर प्रा.लि. र बैंकहरु बिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।

आयोजनामा लिड बैंककाे रूपमा सिद्धार्थ र सदस्य बैंककाे रूपमा राष्ट्रिय वाणिज्य बैंक रहेकाे छ । १ अर्ब ४० करोड २५ लाख रुपैयाँ लागत अनुमान रहेको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूजी रहने छ । जसका लागि सिद्धार्थ बैंक लिमिटेडले ५० करोड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४८.१७ करोड ऋण प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट अमित श्रेष्ठ, सहायक वित्तिय संस्था राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट दामोदर ज्ञवाली र पाँच खपन हाइड्रोपावर प्रा.लि.को तर्फबाट अध्यक्ष बसन्तकुमार तामाङले हस्ताक्षर गरे ।

कम्पनीका अध्यक्ष तामाङले सबैको विश्वास लाई आत्मासाथ गर्दै आयोजना निर्धारित समय सिमा भित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले संखुवासभाको पाँच खपन नगरपालिका अन्तर्गत बहने हेवाखोलाको पानी प्रयोग गरि ६.८४८ मेगावाट क्षमताकाे तल्लो हेवाखोला ए जलविद्युत आयोजना निर्माण गर्नेछ ।

२०८३ चैत्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनाको उत्पादित विद्युत आयोजना देखि ३.८ किलोमिटर टाढा, ३३ के.भी क्षमताको वानेश्वर सवस्टेशनमा जोडिने छ ।

हाल कम्पनीमा अध्यक्ष वसन्त कुमार तामाङ्ग, सदस्यहरुमा क्रमशः ई. अमन श्रेष्ठ, थरेन्द्र राज पौडेल राजन निरौला, उदय कान्त झा छन् ।

आयोजनाकाे सिभिल संरचना निर्माणकाे ठेक्का आस्जे कन्स्ट्रक्सन कम्पनीले पाएकाे छ । ठेकेदार कम्पनीले यसअघि १० वटा भन्दा बढी हाइड्राे पावर निर्माण गरिसकेकाे छ । यसैगरी, इलेक्ट्राेमेकानिकलकाे ठेक्का गेपर्ट ग्रुपले पाएकाे छ । हाइड्राे मेकानिकलकाे सम्झाैता भने हङकङ जीआइएजीआइएन ओभरसीज कम्पनीसँग भएकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img