Tuesday, November 17, 2026
spot_img

सोनापुर मिनरल्सले सौर्य ऊर्जा जडान प्रक्रिया अघि बढायो, उत्पादन लागत घटाउने लक्ष्य

spot_img

Share

spot_img

काठमाडाैँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले ऊर्जा लागत घटाउने र उत्पादन दक्षता बढाउने उद्देश्यसहित सौर्य ऊर्जा जडानका लागि आवश्यक मेसिनरी खरिद तथा अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया सम्पन्न गरेको छ । कम्पनीले सिमेन्ट मिलको क्षमता विस्तारका लागि सिमेन्ट सिलो निर्माण तथा सिमेन्ट कलिनको कामसमेत अगाडि बढाएको जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सौर्य ऊर्जा जडान तथा उत्पादन क्षमता विस्तारका योजनाले आगामी दिनमा उत्पादन लागत घटाउन र मुनाफा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निर्माण क्षेत्रमा देखिएको सुस्तता, इन्धन तथा कच्चा पदार्थको बढ्दो लागत र प्रतिस्पर्धी बजारका कारण समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने घटेको छ । कम्पनीले पहिलो त्रैमासमा १ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।

यद्यपि, कम्पनीको मुख्य बिक्री आम्दानीमा वृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ७० करोड ५३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ६६ करोड ९९ लाख रुपैयाँ थियो। बिक्री आम्दानी बढे पनि बिक्री लागतमा भएको वृद्धिका कारण कम्पनीको कुल मुनाफा घटेर २० करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले सौर्य ऊर्जा जडान, सिमेन्ट मिलको क्षमता वृद्धि तथा उत्पादन प्रक्रियामा सुधारलाई प्राथमिकतामा राखेको छ । यी योजनाहरू कार्यान्वयनसँगै ऊर्जा खपत तथा उत्पादन लागत घट्ने र आगामी अवधिमा नाफामा सुधार आउने कम्पनीको अपेक्षा छ ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ सञ्चित छ । वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ४३ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४८० रुपैयाँ १३ पैसा रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img