काठमाडौँ । इलेक्ट्रिक सवारी साधनका लागि विश्वप्रसिद्ध ब्रान्ड बीवाइडीले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गरेको छ । यो फेस्ट १९ अर्थात आजदेखि २१ नोभेम्बरसम्म काठमाडौंको तंगलस्थित अम्रपाली ब्यांक्वेटमा र २२ नोभेम्बरमा गैरीधारास्थित ‘सी कार’ मा हुनेछ ।
कार्यक्रममा सहभागी हुने ग्राहकहरूलाई विभिन्न आकर्षक अफरसमेत राखिएको छ । सबैभन्दा ठूलो आकर्षणका रूपमा १० भाग्यशाली विजेताले चीन भ्रमणको ‘बम्पर अफर’ प्राप्त गर्ने व्यवस्था गरिएको जनाइएको छ ।
कम्पनीका अनुसार कार्यक्रममा सवारी साधन एक्सचेन्ज गर्ने ग्राहकले क्यास बेनिफिट, एक्सचेन्ज बोनस, निःशुल्क एसेसरीज, पोर्टेबल चार्जर लगायतका सुविधा पाउनेछन् । साथै, ब्वाइडी गाडी खरिद गर्ने ग्राहकलाई १० वर्षको विस्तारित वारन्टी, १० वर्षको मोबाइल एप कनेक्टिभिटी, ७ किलोवाट होम चार्जर, एक वर्षको बीमा तथा निःशुल्क सडक कर प्रदान गरिनेछ ।
विद्युतीय सवारी साधनको बजार विस्तार र ग्राहकलाई थप आकर्षक सुविधा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।








