Tuesday, July 28, 2026
spot_img

लगानी बोर्डको ६७औं बैठकद्वारा बेतन कर्णालीमा ९३ अर्ब लगानी स्वीकृत

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालको ऊर्जा पूर्वाधार विस्तारलाई दीर्घकालीन रणनीतिक मोडतर्फ डोर्याउने गरी लगानी बोर्डको ६७औं बैठकले एकैपटक ४ वटा महत्वपूर्ण जलविद्युत् परियोजनामा निर्णयहरू अघि सारेको छ । यसले कर्णालीदेखि अरुण काेरिडोरसम्मका परियोजनाहरू कार्यान्वयनको निर्णायक चरणमा प्रवेश गरिरहेको संकेत दिएको छ ।

प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बुधबारको बैठकले ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा ९३ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । यससँगै परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय गर्दै कर्णाली क्षेत्रको ऊर्जा संरचना विकासमा नयाँ गति थपिएको छ ।

यसैगरी, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्र मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न बोर्डका सीईओलाई अख्तियारी प्रदान गरिएको छ । ९०० मेगावाट क्षमताको अरुण–३ परियोजनाको ‘डाइरेक्ट एग्रिमेन्ट’ मन्त्रिपरिषद्मा पठाउने निर्णयले लामो समयदेखि अल्झिएका अरुण बेसिनका परियोजनाहरू अब छिटो कार्यान्वयन मोडमा पुग्ने अपेक्षा बलियो बनाएको छ ।

त्यस्तै, ८०० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरेकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img