Saturday, May 2, 2026
spot_img

४० मेगावाटको राहुघाट तीन महिनाभित्र राष्ट्रिय ग्रिडमा जोडिने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको ४० मेगावाटकाे राहुघाट जलविद्युत् आयोजनाकाे निर्माण ९० प्रतिशत पूरा भएकाे छ ।

सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको छ । आयोजनाको विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणकाे काम तिव्र गतिमा भइरहेकाे छ । रघुगङ्गा हाइड्रो पावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन महिना (मार्च) भित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण भएका संरचनालाई पूर्णता दिन लागिएको जानकारी दिए ।

‘सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका कामलाई बिट मार्दै लगिएको छ’, उनले भने, ‘२० मेगावाट क्षमताको टर्बाइन जडान गरेर ड्राई टेस्टिङ गर्न तयार पारेका छौं । मार्च महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित ठेकेदार परिचालन भएको छ।’

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोभेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौथो पटक मार्च महिनासम्मका लागि म्याद थप भएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ ।

कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए ।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भएको इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौताको म्याद यही डिसेम्बर ३१ मा सकिँदैछ। भेलले अधिकांश उपकरण आयात गरेर जडानको काम गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img