Sunday, May 24, 2026
spot_img

हिमाली बस्तीमा सौर्य उज्यालो, सुदूरपश्चिममा मिनि ग्रिड विस्तार

spot_img

Share

spot_img

काठमाडाैँ । जलविद्युतको पहुँच नपुगेका सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा दुई वटा सौर्य मिनि ग्रिड आयोजना सञ्चालन तथा निर्माणको चरणमा पुगेका छन् । दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरुमा ५३ किलोवाट क्षमताको सौर्य मिनि ग्रिड सञ्चालनमा आएको छ भने बझाङको साईपाल गाउँपालिका–३ मा ६८ किलोवाटको अर्को ग्रिड माघ–फागुनभित्र सञ्चालनमा आउने भएको छ ।

छाङरुमा सञ्चालनमा आएको मिनि ग्रिडबाट ११२ घरधुरी, सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र व्यावसायिक संस्थाले विद्युत सेवा पाएका छन् । चार करोड १३ लाख रुपैयाँ लागतमा बनेको यस आयोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र स्थानीयको श्रमदानमा निर्माण गरिएको हो ।

यसैगरी, बझाङको साईपालमा निर्माणाधीन मिनि ग्रिडले १४७ घरधुरी तथा सरकारी र व्यावसायिक संस्थालाई विद्युत सेवा दिने लक्ष्य राखिएको छ । केन्द्रका अनुसार दुर्गम क्षेत्रमा दिगो ऊर्जा पहुँच विस्तार गर्न सौर्य मिनि ग्रिड प्रभावकारी विकल्प बनेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img