Tuesday, August 11, 2026
spot_img

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ गरेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म महसुल नतिर्ने २४९ जना उपभोक्ताको विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार सो अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ रहेको छ । बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै नियमित अनुगमन र कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दी प्रणालीमार्फत असुल भइसकेको छ। बाँकी रकम उठाउन महसुल नबुझाउने उपभोक्ताको पहिचान गरी लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहने जनाइएको छ ।

प्रमुख शाहले पटक–पटक आग्रह गर्दा पनि अटेर गर्ने उपभोक्तामाथि कडा कदम चाल्नुपरेको बताउँदै समयमै महसुल बुझाउन सबैलाई आग्रह गरे। प्राधिकरणले विद्युत सेवा सहज र नियमित राख्न समयमै महसुल भुक्तानी अपरिहार्य हुने उल्लेख गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img