काठमाडाैँ । सोलु हाइड्रो पावरले यही पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय र वैदेशिक राेजगारमा रहेकाहरूका लागि सेयर निष्काशन गरी बाँडफाँड पश्चात सर्वसाधारणका लागि निरष्काशन गर्न लागेकाे हाे ।
कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर जारी गरेपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।
यस आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणका लागि जारी आईपीओको निष्काशन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ ।
हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।








