Sunday, May 31, 2026
spot_img

१६ हजार मेगावाटको पिपिए, ४ हजार मेगावाट मात्रै ग्रिडमा

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले करिब १६ हजार मेगावाट क्षमताको विद्युत उत्पादनका लागि विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको बताएका छन् । इप्पानको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

पिपिए सम्पन्न भएकामध्ये करिब ४ हजार मेगावाट बराबरको विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोडिइसकेको छ भने करिब ५ हजार मेगावाट क्षमताका आयोजनाहरू हाल निर्माणाधीन अवस्थामा रहेकाे उनले जानकारी दिए ।

बाँकी आयोजना विभिन्न चरणमा रहेका छन् भने केही वित्तीय व्यवस्थापनको प्रक्रियामा छन् भने केही आयोजनाले वातावरणीय स्वीकृति, जग्गा प्राप्ति र प्रसारण लाइनको अभावजस्ता चुनौती सामना गरिरहेका छन् ।

अध्यक्ष कार्कीले हाल देशभर ९०० भन्दा बढी जलविद्युत आयोजनाले लाइसेन्स लिएर काम अघि बढाइसकेको जानकारी दिए । उनका अनुसार ११ हजार ६ सय मेगावाट क्षमताका आयोजनाहरू विभिन्न चरणमा छन् ।

निजी क्षेत्रको लगानी र विश्वास अनुसार उत्पादनसँगै प्रसारण पूर्वाधारको विकास नहुँदा थप विद्युत् ग्रिडमा जोड्न कठिनाइ देखिएको छ । वर्षायाममा विद्युत् खपतभन्दा उत्पादन बढी हुँदा ऊर्जा खेर जाने अवस्था छ, जसले विद्युत् व्यापार र निर्यातको आवश्यकता झनै बलियो बनाएको छ ।

इप्पानले उत्पादनमा मात्रै नभई प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन सरकारसँग माग गर्दै आएको छ । इप्पानका अनुसार समयमै प्रसारण पूर्वाधार नबन्दा निर्माण सम्पन्न भएका आयोजनासमेत पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्, जसले लगानीकर्ताको लागत र जोखिम बढाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img