Friday, July 17, 2026
spot_img

बहुसूचक सर्वेक्षणः ऊर्जा पहुँच उच्च, गुणस्तर र समानतामा अझै चुनौती

spot_img

Share

spot_img

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजाअनुसार नेपालमा विद्युत् सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको छ । सर्वेक्षण अनुसार हाल देशका ९६.७ प्रतिशत घरपरिवारमा निरन्तर विद्युत् सेवा पुगेको छ ।

प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेशमा विद्युत् पहुँच सबैभन्दा बढी ९९.५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ८०.८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् सेवा पुगेको देखिएको छ । यसले ऊर्जा पहुँचमा प्रदेशगत असमानता अझै कायम रहेको संकेत गरेको छ ।

विद्युत् विस्तारसँगै सूचना तथा सञ्चार सेवामा पनि सुधार देखिएको छ । सर्वेक्षण अनुसार ९५ प्रतिशत घरपरिवारमा स्थिर वा मोबाइल टेलिफोन सेवा उपलब्ध छ । त्यस्तै ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गरिरहेका छन्, जसले डिजिटल पहुँचमा भएको सुधारलाई देखाउँछ ।

ऊर्जा पहुँचले स्वास्थ्य, शिक्षा र जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको प्रतिवेदनले औंल्याएको छ । यद्यपि, खानेपानी र सरसफाइसँग सम्बन्धित चुनौतीहरू अझै कायमै छन् । ९८.२ प्रतिशत जनसङ्ख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरे पनि ६०.४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो बहुसूचक सर्वेक्षणले ऊर्जा, स्वास्थ्य, शिक्षा, पोषण र पूर्वाधार विकाससँग सम्बन्धित नीति निर्माण तथा दिगो विकास लक्ष्यको अनुगमनमा महत्वपूर्ण आधार प्रदान गर्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img