Friday, April 17, 2026
spot_img

स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

spot_img

Share

spot_img

काठमाडाैँ । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको शेयर आवेदन अवधि आजदेखि सकिँदैछ । कम्पनीकाे शेयर किन्ने चैत २३ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको हो ।

यसअन्तर्गत अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ का स्थानीय बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता शेयर छुट्याइएको छ । त्यसैगरी आयोजना प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिकाका वडा नम्बर ५ र ६, पाथिभरा याङवरक गाउँपालिकाका वडा नम्बर ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दाका लागि पनि ४ लाख ६८ हजार ७५० कित्ता शेयर छुट्याइएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेकाे छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img