Friday, June 12, 2026
spot_img

इप्पान निर्वाचनअघि लामाको टिम बलियो, ६ उम्मेदवार निर्विरोध निर्वाचित

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को निर्वाचनअघि वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोन लामाको प्यानलले महत्वपूर्ण सफलता हासिल गरेको छ । लामा समूहका ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएकी छन् । सचिव पदमा अभिज्ञा मल्ल, इशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमार जोशी पनि निर्विरोध भएका छन् ।

सचिव पदमा सुरुमा ७ जनाको उम्मेदवारी परेको भए पनि दाबी–विरोधमाथिको छानबिनपछि २ जनाको उम्मेदवारी खारेज भएको थियो । पद संख्या अनुसार कायम रहेका ५ उम्मेदवार स्वतः निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित सबै उम्मेदवार उत्तम भ्लोन लामाको टिमका रहेका छन् । यससँगै निर्वाचनअघि नै लामा समूहले संगठनभित्र आफ्नो प्रभावशाली उपस्थिति देखाएको विश्लेषण गरिएको छ ।

इप्पानको २४ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि बाँकी पदहरूमा भने जेठ २९ गते शुक्रबार मतदान हुँदैछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img