Monday, June 29, 2026
spot_img

वन्डर्स इनर्जी साधारणसभा सम्पन्न, २०८४ चैतभित्र आयोजना सक्ने घोषणा

spot_img

Share

spot_img

काठमाडाैँ । वन्डर्स इनर्जी प्रालिको वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । रामेछाप जिल्लाकाे गाेकुलगंगा गाउँपालिकामा निर्माणाधीन ९ मेगावाट क्षमताकाे खिम्ती–ध्वाँङ साना जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीकाे सभा आइतबार सम्पन्न भएकाे हाे ।

साधारणसभामा कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलालले आयोजनाको निर्माण कार्य निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको जानकारी दिँदै २०८४ साल चैतभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकाे बताए ।

उनका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति २०८३ वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ । यससँगै आयोजनाको निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ ।

आयोजनाको कुल लागत करिब १ अर्ब ९० करोड रुपैयाँ रहेको जानकारी दिँदै दुलालले १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानीका लागि एनएमबी बैंकसँगको समझदारी अन्तिम चरणमा पुगेको बताए । बाँकी ६५ करोड रुपैयाँ स्वपुँजीमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी ३० करोड रुपैयाँ आगामी असोजभित्र संकलन गर्ने गरी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गरी १०० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । यसमध्ये ७० करोड रुपैयाँ स्वपुँजी र ३० करोड रुपैयाँ प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत जुटाउने योजना स्वीकृत गरिएको छ ।

त्यस्तै, आयोजना निर्माणका लागि आवश्यक बैंक ऋण लिने, त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउने तथा आवश्यक सम्झौता गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।

कम्पनीले वित्तीय स्रोत व्यवस्थापन, सरकारी स्वीकृति तथा निर्माण कार्यलाई समानान्तर रूपमा अघि बढाउँदै खिम्ती ध्वाँङ खाेला आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img