Wednesday, July 8, 2026
spot_img

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु, पहिलो दिनमै २४ गुनासा सम्बोधन

spot_img

Share

spot_img

काठमाडाैँ । पटक–पटक विद्युत् अवरुद्ध हुने (लोडसेडिङबाहेकको) ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्यालाई नियन्त्रण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष अनुगमन तथा तत्काल समाधान अभियान सुरु गरेको छ ।

मन्त्रालयका अनुसार अभियानको पहिलो दिन हटलाइन नम्बर ११५० र ११५१ मा २४ वटा गुनासा प्राप्त भएका थिए । तीमध्ये अधिकांश गुनासा वीरगञ्ज क्षेत्रबाट आएका थिए भने सबै समस्या समाधान गरिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंको न्युरोड क्षेत्रमा ट्रान्सफर्मर पड्किएर अवरुद्ध भएको विद्युत् आपूर्ति पनि तत्काल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मन्त्रालयले जानकारी दिएको छ । पहिलो दिन प्राप्त सबै २४ वटा गुनासाको शतप्रतिशत सम्बोधन गरिएको मन्त्रालयको दाबी छ ।

विद्युत् आपूर्तिमा समस्या आएमा उपभोक्ताले हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै, आवश्यक परेमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकदेखि प्रदेशगत सम्पर्क व्यक्तिहरूसम्मको सम्पर्क विवरण सार्वजनिक गरिएको छ, ताकि गुनासाको छिटो सुनुवाइ र समाधान हुन सकोस् ।

मन्त्रालयले हटलाइनमा चौबीसै घण्टा कर्मचारी परिचालन गरी सेवा उपलब्ध गराइएको जनाएको छ । विद्युत् आपूर्तिसम्बन्धी थप जानकारी आवश्यक परे सम्बन्धित स्थानीय तहसँग पनि समन्वय गर्न आग्रह गरिएको छ ।

मन्त्रालयले जनताको गुनासोमा तत्काल सुनुवाइ र शीघ्र समाधानलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै ‘बत्ती जानु सामान्य होइन, र हामी यसलाई सामान्य बन्न दिनेछैनौँ’ भन्ने प्रतिबद्धता दोहोर्याएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img