Saturday, July 25, 2026
spot_img

विद्युत् नियमन आयोगका अध्यक्ष धितालसहित चार पदाधिकारीको पदबहाली

spot_img

Share

spot_img

काठमाडाैँ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालसहित सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार अध्यक्ष धिताल तथा सदस्यहरू जयराज भण्डारी, बलराम सिलवाल र लोकराज पाठकलाई सपथ गराएका हुन् ।

सपथ ग्रहणलगत्तै अध्यक्ष तथा सदस्यहरूले आयोगको कार्यालय पुगेर पदबहाली गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. धिताललाई आयोगको अध्यक्ष तथा भण्डारी, सिलवाल र पाठकलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

आयोगमा अध्यक्षसहित चार पदाधिकारी नियुक्त भएसँगै नेतृत्वले पूर्णता पाएको छ । यद्यपि, महिला सदस्यका लागि छुट्याइएको एक पद भने अझै रिक्त रहेको छ ।

डा. धिताल यसअघि पनि विद्युत् नियमन आयोगको अध्यक्षका रूपमा कार्य गरिसकेका छन् । सदस्यमा नियुक्त जयराज भण्डारी र बलराम सिलवाल नेपाल विद्युत् प्राधिकरणका अवकाशप्राप्त निर्देशक हुन् भने लोकराज पाठक ऊर्जा, जलस्रोत तथा नियामक क्षेत्रको अनुभव भएका व्यक्तित्वका रूपमा परिचित छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img