Monday, September 21, 2026
spot_img

नियमन आयाेगकाे अध्यक्षमा पुन: धिताल

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् नियमन आयोगको अध्यक्ष पदमा पुनः डा. रामप्रसाद धिताल चयन भएका छन् । यस अघि पनि अध्यक्ष भइसकेका धिताल नेपाल सरकारले ल्याएकाे अध्यादेशका कारण पदमुक्त्त भएका थिए ।

सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति प्रक्रियाका लागि रिक्त पदमा आह्वान गरेपछ धितालले पनि आफ्नाे सक्षमता प्रस्तुत गर्दै दरखास्त पेश गरेका थिए । साेहि अनुसार सरकारले उनकाे सक्षमतालाइ आधार मान्दै खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा चयन गरेकाे हाे । त्यसैगरि सरकारले सदस्यहरूमा लाेकराज पाठक, जयराज भण्डारी र बलराम सिलवाललाइ समेत छनाैट गरेकाे छ ।

काे हुन् डा. धिताल

डा. रामप्रसाद धिताल ऊर्जा, विद्युत् नियमन, जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रका २५ वर्षभन्दा बढी अनुभव भएका वरिष्ठ ऊर्जा विज्ञ, नीति निर्माता तथा व्यवस्थापक हुन् । उनले नेपाल, अफगानिस्तान, दक्षिण प्रशान्त महासागर क्षेत्रमा रहेको टापुहरुको देश भानुआतु र यमन लगायत विभिन्न देशहरूमा ऊर्जा नीति, विद्युत् नियमन, ग्रामीण विद्युतीकरण, जलविद्युत् विकास तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

धितालले विद्युत् नियमन आयोगको निबर्तमान अध्यक्षको रूपमा कार्यरत रहँदै विद्युत् बजार सुधार, खुला पहुँच विद्युत् महसुल निर्धारण, प्रसारण शुल्क, ऊर्जा भण्डारण सम्बन्धी नियामकीय व्यवस्था, संस्थागत विकास तथा विद्युत् क्षेत्रको सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।साथै, उनीसँग आयोगको स्थापनाकालमा करिब २ बर्ष आयोगको सदस्यको रूपमा काम गरेको अनुभब पनि छ ।

विगतमा नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकको रूपमा ४ वर्ष कार्य गर्दा नेपालभर दस लाखभन्दा बढी घरधुरीसम्म नवीकरणीय ऊर्जा प्रविधिको पहुँच विस्तार तथा विभिन्न राष्ट्रिय ऊर्जा नीतिहरू निर्माण र कार्यान्वयनमा नेतृत्व प्रदान गरेका थिए ।

उनले एशियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्र विकास कार्यक्रम अन्तर्राष्ट्रिय सौर गठबन्धन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूका लागि ऊर्जा नीति, विद्युत् नियमन, सीमापार विद्युत् व्यापार, परियोजना वित्त तथा संस्थागत सुदृढीकरण सम्बन्धी वरिष्ठ परामर्शदाताको रूपमा पनि कार्य गरेका हुन् । उनले काठमाडौं विश्वविद्यालयमा अतिथि प्राध्यापक रहनुका साथै संसदको पूर्वाधार विकास समितिमा ऊर्जा सल्लाहकारका रूपमा समेत योगदान दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्यामपसबाट सिभिल इन्जिनियरिङ्ग सङ्कायमा स्नातक तह (१९९७) तथा जर्मनीको ओल्डेनवर्ग विश्वविद्यालयबाट नवीकरणीय ऊर्जा इन्जिनियरिंग विषयमा स्नातकोत्तर (२००२) उत्तीर्ण भएका धितालले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्यामपसबाट नवीकरणीय ऊर्जा इन्जिनियरिङ्गमा सन् २०१९ विद्यावारिधि गरेका हुन् ।

साथै, स्विडेनको लन्ड विश्वविद्यालयबाट दिगो विकासका लागि ऊर्जा र लगानीसम्बन्धी विषयको सैद्धान्तिक ज्ञानसमेत लिएका छन् । व्यावहारिक ज्ञानको सिलसिलामा उनले अन्तर्राष्ट्रिय संस्था APMG International बाट निजी–सार्वजनिक साझेदारीसम्बन्धी विषयमा प्रमाणपत्रसमेत हासिल गरेका छन् । साथै, डेनमार्कबाट निजी–सार्वजनिक साझेदारी तथा नेतृत्व विकास, आयोजना व्यवस्थापन सम्बन्धी विषयमा प्रमाणपत्रसमेत हासिल गरेका छन् । यसका अतिरिक्त, उनले युरोपियन विश्वविद्यालय फ्लोरेन्स स्कुल अफ रेगुलेसन इटालीबाट विद्युत प्रणालीको नियमन (५ महिना) तथा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट सेवा प्रदायकको नियमन तथा रणनीति (२ हप्ता) एवं सेवा प्रदायकको वित्त विश्लेषण (१ महिना) सम्बन्धी विषयमा तालिम लिई नियमनको क्षेत्रमा दक्षता हासिल छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img