काठमाडौ । सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापालाई नियुक्त भएका छ्न् ।
विश्वविद्यालयका उपकुलपतिको सिफारिशका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्। थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बिगत गत २२ वर्षदेखि केयूको सहप्राध्यापकका रूपमा कार्यरत थापाले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्।
शपथ ग्रहणमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।











