काठमाडाैँ । सरकारले ऊर्जा तथा जलस्रोत विकासका लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै यस्ताे घाेषणा गरेका हुन् ।
आगामी आर्थिक वर्षमा विद्युत् उत्पादन जडित क्षमता ४ हजार ८०० मेगावाट पुर्याइने छ भने आगामी वर्ष ९४२ मेगावाट विद्युत् प्रणालीमा थप हुनेछ ।








