Sunday, May 31, 2026
spot_img

जेन-जी आन्दोलनमा सरकारले गरेको निर्मम र बर्बर दमनको इपानद्वारा भर्त्सना

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जेन-जीको आन्दोलनमा सरकारले गरेको निर्मम तथा बर्बर दमनको भर्त्सना गरेको छ । इपानले मंगलबार बिहान विज्ञप्ति जारी देशभर १९ जना किशोर किशोरीहरुको ज्यान जानुका साथै सयौंको संख्यामा घाइते र अंगभङ्ग हुनेगरी सरकारले गरेको निर्मम र बर्बर दमनको घोर निन्दा र भत्सर्ना गरेकाे छ ।

राज्य सञ्चालक र संवैधानिक निकायले स्वतन्त्र नियमन गर्नुको साटो सिमित व्यक्तिहरुको स्वार्थमा काम गर्ने, विकास निर्माणका कामहरु वर्षौसम्म अड्काएर नागरिकलाई निराश पार्ने, भ्रष्टाचार, वेथिती, कुशासनका साथै देशको समृद्धिको मुख्य आधार मानिएको ऊर्जा क्षेत्र लगायतका अन्य क्षेत्रमा समेत राज्यका धेरैजसो निकायहरुबाट निरन्तर एकपछि अर्को प्रहार गरिँदा युवापुस्तामा देखिएको चरम निराशा सडकमा पोखिएको इप्पानले ठहर गरेको छ ।

इप्पानद्वारा जारी प्रेस विज्ञप्ति
मिति २०८२ साल भदौ २३ गते २८ वर्ष मुनिका युवाहरु (जेनजी)ले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा देशभर १९ जना किशोर किशोरीहरुको ज्यान जानुका साथै सयौंको संख्यामा घाइते र अंगभङ्ग हुनेगरी सरकारले गरेको निर्मम र बर्बर दमनको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) घोर निन्दा र भत्सर्ना गर्दछ ।

३ हजार मेगावाट भन्दा बढी ऊर्जा उत्पादन र ५ हजार मेगावाट क्षमताका आयोजनाको निर्माणमा सक्रिय इप्पानमा आवद्ध ऊर्जा उद्यमीहरुले राज्यलाई वर्षेनी साढे ३ अर्ब रुपैयाँ रोयल्टीसहित विभिन्न शीर्षकमा १० औं अर्ब भन्दा बढी कर तिर्दै आएका छन् । ऊर्जा आयोजनाको अध्ययन, निर्माण र सञ्चालनमा लाखौ नेपालीलाई रोजगारी दिइरहेको ऊर्जा क्षेत्रले ऊर्जा र पूर्वाधार क्षेत्रको थप विकास होस भनेर राज्यलाई अरबौ रकम कर तिर्दै आएका हुन् । तर राज्य सञ्चालक र संवैधानिक निकायले स्वतन्त्र नियमन गर्नुको साटो सिमित व्यक्तिहरुको स्वार्थमा काम गर्ने, विकास निर्माणका कामहरु वर्षौसम्म अड्काएर नागरिकलाई निराश पार्ने, भ्रष्टाचार, वेथिती, कुशासनका साथै देशको समृद्धिको मुख्य आधार मानिएको ऊर्जा क्षेत्र लगायतका अन्य क्षेत्रमा समेत राज्यका धेरैजसो निकायहरुबाट निरन्तर एकपछि अर्को प्रहार गरिँदा युवापुस्तामा देखिएको चरम निराशा सडकमा पोखिएको इप्पानले ठहर गरेको छ ।

राजा ज्ञानेन्द्रको प्रतक्ष निरंकुश शासनकाल २०६२/६३ मा १९ दिनसम्म चलेको जनआन्दोलनमा १९ जनाको ज्यान गएपछि राजाले लोकतन्त्र फिर्ता गरेको स्मरण गराउँदै लोकतान्त्रिक सरकारले जेनजी पुस्ताको आन्दोलनमा एकै दिन १९ जनाको ज्यान जानेगरी धरपकड गर्नु निकै खेदजनक रहेकोले प्रहरीबाट निर्ममतापूर्वक भएको यो हदसम्मको घातक बल प्रयोगको इप्पान कडा शब्दमा निन्दा गर्दछ । भ्रष्टाचार अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका लागि शान्तिपूर्ण प्रदर्शन गर्न गएको किशोर किशोरीहरुको समूहलाई राज्यबाट हदैसम्मको दमन गरी राज्यले नै संविधानको उलंघन गरेको हाम्रो ठहर छ । किशोर किशोरीबाट कुनै गैरकानुनी कार्य हुन लाग्दा नियन्त्रणमा लिने अरु उपाय हुँदा हुँदै सिधै गोली हान्ने आदेश दिनु नै खेदजनक छ ।

आजको परिस्थितीपछि सबै प्रदर्शनकारीहरूलाई थप हानिहुनबाट बचाउनका निम्ति सरकारसँग माग गर्दछौ । प्रदर्शनकारीले उठाएका भ्रष्टाचार अन्त्य गर्ने, जवाफदेहिता प्रदान गर्ने र नागरिक स्वतन्त्रता सुनिश्चित गर्ने जस्ता वैध मागहरूलाई सरकारबाट यथोचित सुनुवाइका लागि पनि माग गर्दछौ । सरकारले गरेको दमनपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजिनामा गर्नु एउटा पाटो हो । तर यतिले मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन । यस घटनाको सत्यतथ्य छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निशुल्क उपचार गर्न सरकारसँग माग गर्दछौ । अन्त्यमा मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नजिकको अस्पतालमा रहेका घाइतेहरुको उपचारको लागि आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीहरुलाई हार्दिक अपिल गर्दछौं ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img