काठमाडाैँ । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणाधीन छ । म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्द्धक रहेकाे आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ मा रहेकाे छ । आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ मा रहेकाे छ । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणकाे काम तिव्र गतिमा अघि बढाएकाे छ । विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।
सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख लगानीमा याे आयोजना निर्माण भइरहेकाे छ । विद्युतगृह रहने भारवाङबाट १.५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सबस्टेशनबाट यस आयोजनाकाे विद्युत जाेडिनेछ । जसबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।
फाेटाे फिचर




स्राेतः ट्विटर








