Tuesday, May 26, 2026
spot_img

तेह्रथुम पावरले लालुपाते हाइड्रोमा एक करोड लगानी गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख कित्ता शेयर खरिद गर्ने भएको छ । कम्पनीले लगानीयोग्य मौज्दात रकममध्ये एक करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीको पुस ११ गते बसेको संचालक समितिको बैठकले शेयर खरिद गर्ने निर्णय गरेको हो ।

लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेडले मनाङमा ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट २०८४ कार्तिक ५ गते विद्युत उत्पादनको लक्ष्य राखिएको छ। आयोजनाको निर्माण कार्य सन्तोषजनक रुपमा अगाडी बढेको र आयोजना बजेटको हिसाबले समेत तुलनात्मक रुपमा राम्रो रहेकोले लगानीको निर्णय गरिएको कम्पनीले जनाएको छ ।

आयोजनाको कुल लागत  ९९६ करोड रुपैयाँ रहेको छ । जसमा बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी हुने छ भने बाँकि २४९ करोड रकम इक्विटी मार्फत जुटाइने छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली  विद्युत प्राधिकरणले खरिद गर्ने गरि विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ । प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने  छ ।

यो आयोजना मनाङको नासो गाउँपालिकामा पर्छ । आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img