Thursday, May 21, 2026
spot_img

इप्पान निर्वाचनमा लामाको समावेशी सन्देश, प्यानलमै ३३ प्रतिशतभन्दा बढी महिला उम्मेदवार

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उत्तम भ्लोन लामाले समावेशी र सक्षम नेतृत्वलाई प्राथमिकता दिँदै आफ्नो प्यानल सार्वजनिक गरेका छन् । नेपालको संविधानले विभिन्न निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको सन्दर्भमा लामाले आफ्नो टिममा सोभन्दा बढी महिला प्रतिनिधित्व गराएर ऊर्जा क्षेत्रमा समावेशी नेतृत्वको सन्देश दिएका हुन् ।

लामाले इप्पानभित्र अनुभवी, सक्षम र व्यावसायिक महिलाहरूको ठूलो उपस्थिति रहेको उल्लेख गर्दै उनीहरूलाई नेतृत्वमा ल्याउने उद्देश्यसहित टिम गठन गरिएको बताए । उनले इप्पानमा भएका सक्षम महिलाहरूलाई नेतृत्वमा ल्याएर समावेशी र प्रभावकारी टिम बनाएकाे बताए ।

लामाको प्यानलमा समावेश गरिएका महिला उम्मेदवारहरू जलविद्युत, वित्तीय व्यवस्थापन, बैंकिङ, पूर्वाधार विकास तथा सामाजिक समावेशीकरणका क्षेत्रमा लामो अनुभव र स्थापित योगदान भएका व्यक्तित्वहरू हुन्हु ।

उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी सुसान कर्माचार्य (राजभण्डारी) जलविद्युत, वित्त र पूर्वाधार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएकी उद्यमी हुन् । उनी हाल २४ मेगावाटको मादी खोला जलविद्युत लिमिटेडको कार्यकारी अध्यक्ष तथा २०३ मेगावाटको माथिल्लो बुढीगण्डकी जलविद्युत आयोजनाको प्रवर्द्धक संस्था कैलाश इनर्जी प्रालिको अध्यक्ष समेत हुन् । यसअघि इस्टर्न हाइड्रो र याम्बालीङ हाइड्रो आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेकि छन् ।

यसैगरी उप–महासचिव पदकी उम्मेदवार कबिता पोखरेलसँग बैंकिङ क्षेत्रमा २३ वर्ष र ऊर्जा क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव रहेको छ । उनी हाल हिमशिला हाइड्रो पावर कम्पनी लिमिटेड तथा सिर्जनशील ऊर्जा कम्पनी प्रालिको अध्यक्ष हुन् । ऊर्जा क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको “वुमन इन इनर्जी नेपाल” अभियानमा पनि उनकाे सक्रियता रहँदै आएकाे छ ।

सचिव पदकी उम्मेदवार सुमन जोशी बैंकिङ तथा आयोजना वित्तीय व्यवस्थापन क्षेत्रमा अनुभवी व्यक्तित्व हुन् । उनी हाल ह्वाइट लोटस पावर लिमिटेडको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदै विभिन्न जलविद्युत आयोजनाको वित्तीय तथा प्रबन्धकीय नेतृत्व सम्हालिरहेकी छन् ।

सचिव पदकी उम्मेदवारी अभिज्ञा मल्ल, कार्यसमिति सदस्यतर्फ इशा श्रेष्ठ र प्रतिमा ज्ञवालीलाई अघि सारिएको छ । अभिज्ञा मल्ला युनियन हाइड्रोपावर लिमिटेडकी अध्यक्ष हुन् भने ऊर्जा पूर्वाधार, वित्तीय व्यवस्थापन र पब्लिक लिस्टिङ क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । इशा श्रेष्ठ ऊर्जा तथा पूर्वाधार क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी कार्यकारी हुन भने प्रतिमा ज्ञवाली नवीकरणीय ऊर्जा, जलवायु उत्थानशीलता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा सक्रिय ऊर्जा विज्ञका रूपमा परिचित छिन् ।

पदाधिकारी र कार्यसमिति दुवै संरचनामा ३३ प्रतिशतभन्दा बढी सक्षम महिला नेतृत्वलाई समेटेर लामाको प्यानलले निजी ऊर्जा क्षेत्रमा समावेशी अभ्यासको उदाहरण प्रस्तुत गरेको बताइएको छ । समावेशी, व्यावसायिक र सक्षम नेतृत्वमार्फत इप्पानलाई थप आधुनिक, पारदर्शी र उत्तरदायी संस्था बनाउने लक्ष्यसहित टिम अघि बढेको लामाले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img