Sunday, May 24, 2026
spot_img

धनुषामा ६ मेगावाटको सोलार आयोजना निर्माण गर्दै जानकी इनर्जी

spot_img

Share

spot_img

काठमाडाैँ । जानकी इनर्जी प्राइभेट लिमिटेडले ब्याट्री स्टोरेज सिस्टम सहितको सोलार आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले धनुषाको धनुषाधाम स्थित रघुनाथपुरमा यो आयोजना निर्माणको तयारी गरेको हो ।

कम्पनीले आयोजना निर्माणको लागि सर्भे लाईसेन्सको माग गर्दै विद्युत विकास विभागमा गत मङ्सिर १० गते आवेदन दिएको थियो। यस आयोजना क्षमता ६ मेगावाटको हुने छ। आयोजनामा ५.६२५ मेगावाट घण्टाको ब्याट्री इनर्जी स्टोरेज पनि रहने छ ।

निर्माण सम्पन्न भएपश्चात यो आयोजना सो क्षेत्र कै ब्याट्री स्टोरेजसहितको प्रमुख आयोजना हुने छ। यो परियोजनाले ५,००० भन्दा बढी घरधुरीलाई नियमित तथा विश्वसनीय स्वच्छ ऊर्जा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

सूर्यको किरणबाट उत्पादित विद्युत्‌लाई ब्याट्रीमा भण्डारण गरी आवश्यक समयमा (विशेष गरी साँझ र राति) वितरण गर्न सकिने भएकाले यो परियोजना नेपालको मौसमी जलविद्युत्‌मा निर्भरताको समस्यालाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । परियोजनाले कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याउने र राष्ट्रिय ग्रिडमा निर्भरता घटाउने बताइएको छ ।

यसले वातावरण संरक्षणमा ठूलो योगदान पुग्नुका साथै भविष्यका लागि नवीकरणीय ऊर्जा विकासको नमुना परियोजनाको रूपमा स्थापित हुने विश्वास गरिएको छ । यसबाहेक, परियोजनाको निर्माण तथा सञ्चालन चरणमा स्थानीय स्तरमा रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। निर्माण सामग्री, प्राविधिक काम, सञ्चालन तथा मर्मतसम्भारमा स्थानीय बासिन्दालाई प्राथमिकता दिइने बताइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img