Monday, May 25, 2026
spot_img

तल्लो सेती निर्माणको तयारी तीव्र, जग्गा अधिग्रहण प्रक्रिया सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको तयारीलाई तीव्र पारिएको छ । आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया सुरु भएसँगै निर्माण पूर्वका कामहरू अघि बढाइएको हो ।

आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अर्धजलाशययुक्त यस आयोजनामा एसियाली विकास बैंक (एडीबी) को २२७ मिलियन अमेरिकी डलर लगानी रहनेछ । आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमार्फत वित्तीय व्यवस्थापन गरिनेछ ।

आयोजनाको बाँध तनहुँको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ क्षेत्रमा निर्माण गरिनेछ भने विद्युत्गृह, मुख्य सुरुङ तथा कर्मचारी आवास देवघाट गाउँपालिका–३ र ४ मा रहनेछन् ।

श्रेष्ठका अनुसार विद्युत्गृह र कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । आयोजनाले तनहुँ क्षेत्रमा ऊर्जा उत्पादनसँगै स्थानीय पूर्वाधार तथा रोजगारीमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img