Tuesday, February 18, 2025
spot_img

ट्रंक एण्ड डेडिकेटेड लाइन विवादः २८ किस्तामा बक्यौता बुझाउन सकिने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड लाइन प्रयोग गरेवापतको बक्यौता महसुल २८ किस्तामा बुझाउन सकिने व्यवस्था गरेको छ । प्राधिकरण सञ्चालक समितिको असार २६ गते सबेको बैंठकले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था गरेकाे छ ।

प्राधिकरणाले असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र उद्याेगलाइ पठाएको थियाे । प्राधिकरणले दिएको समय सकिएपछि लाइन काट्न थालेको थियाे ।

प्राधिकरणले असार २५ गते बक्यौता तिर्न नआएको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । लामो सयमदेखि बारम्बार ताकेता गर्दा, बिल पठाउँदा पनि बक्यौता नबुझाएपछि लाइन काटेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता बाँकी छ ।

यसैगरी, २६ गते जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको हो । जगदम्बाको १६ करोड रुपैयाँ बढी र हुलासको ११ करोड २९ लाख रुपैयाँ बक्यौता बाँकी छ । असार २७ गते १ अर्ब २८ करोड रुपैयाँ बढी बक्यौता भएको जगदम्बा स्टिल्सको पनि लाइन काटेको थियो ।

प्राधिकरणले गत मंसिरमा पनि ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २४ उद्योगको बिजुली काटेको थियो । सरकारले भने आयोग बनाएर विवादको समाधान निकाल्ने बताएसँगै २० दिनपछि उद्योगमा बिजुली जोडिएको थियो । सोही आयोगको प्रतिवदेनअनुसार प्राधिकरणले उद्योगीहरूलाइ बक्यौता तिर्न पत्राचार गरेको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img