Thursday, October 10, 2024
spot_img

दुई महिनामा १६ सय ईभी आयात हुँदा सरकारले पायो २ अर्ब ३० करोड राजस्व

spot_img

Share

spot_img

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१/८२ पहिलो दुई महिनामा नै १ हजार ६ सय २ युनिट विद्युतीय सवारीको आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार विद्युतीय कार, जिप र भ्यान आयात भएकाे हाे ।

चालु आव साउनमा ३ सय ८१ र भदौमा १ हजार २ सय २१ युनिट ईभी आयात भएको छ । गत आव साउनमा १ सय १० र भदौमा ७ सय ८८ युनिट गाडी आयात भएकोमा चालु आवमा उल्लेख्य वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार यो दुइ महिनामा ३ अर्ब ४९ करोड २५ लाख १७ हजार मूल्य बराबरका १ हजार ६०० युनिट विद्युतीय सवारी साधन आयात हुँदा सरकारले २ अर्ब ३० करोड ३३ लाख ७७ हजार रुपैयाँ राजस्व पाएको छ ।

चालु आव दुई महिनामा ५० किलोवाटसम्म मोटर क्षमता भएका ५ सय ६० र ५१ देखि १०० किलोवाट मोटर क्षमता भएका ९ सय ३८ युनिट गाडी आयात भएका छन् । यस्तै १०१ देखि २०० किलोवाट मोटर क्षमता भएका ९९ युनिट, २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका ३ र ३०० किलोवाटभन्दा माथि मोटर क्षमता भएको २ युनिट गाडी आयात भएका छन् ।

१ हजार ६ सय २ युनिट ईभी आयात हुँदा ४ सय ७५ युनिट भारत र १ हजार १ सय २५ युनिट चीनबाट आयात भएको छ । त्यस्तै १/१ युनिट गाडी अमेरिका र जर्मनीबाट आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यसले नेपालमा आयात हुने ईभीमा ७० प्रतिशतभन्दा धेरै हिस्सा चीनको रहेको देखाउँछ । दुई महिनामा ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबर ईभी आयात हुँदा सरकारले २ अर्ब ३१ करोड २२ लाख राजस्व प्राप्त गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img