Thursday, January 23, 2025
spot_img

बाढीपहिरोले सिँचाइ र तटबन्धनतर्फ ५ अर्ब १८ कराेडकाे क्षति

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढिपहिरोका कारण देशभर पुर्याएको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गरेका छन् । मन्त्री खड्काले आईतबार सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सचिवसँग ‘भर्चुअल बैठक’ गरी बाढीपहिरोले पुर्याएको क्षतिको अवस्था र अब गर्नुपर्ने कामका बारेमा जानकारी लिएका हुन् ।

बाढीपहिराेले सातवटै प्रदेशकाे सिँचाइ र तटबन्धनतर्फ ५ अर्व १८ कराेड रुपैयाँबढीकाे क्षति पुगेकाे जनाइएकाे छ । बैठकमा मन्त्री खड्काले देशभर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अर्बौं रुपैयाँको क्षति पुगेको भन्दै यसलाई पुनःनिर्माणका लागि तीनवटै सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

“हामीले अहिले स्वास्थ्य उपचार, खानेपानी, विद्युत्को उपलब्धता र फूल खेल्न लागेको खेतीलाई सिँचाइको अस्थायी व्यवस्था गर्नुपर्नेछ, यसका लागि स्थानीय तहसँग समन्वय गरेर सबै प्रदेश लाग्नुहोस्, केन्द्र सरकारबाट हुने सहयोग तपाईंहरूलाई हुन्छ,” उनले भने, ।

मन्त्री खड्काले छरिएर रहेको बजेटलाई एक ठाउँमा राखेर खर्च गर्नसमेत सबै प्रदेश सरकारलाई आग्रह गरे । उनले दुई ठूला पार्टी मिलेर मजबुद सरकार बनेकाले जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्ने बताए । खर्च गर्न नसकेको बजेटलाई रकमान्तरण गरेर आयोजना सम्पन्न गर्न लाग्नुपर्ने उनको भनाइ थियो ।

बैठकमा ऊर्जा सचिव सुरेश आचार्यले बाढीपहिरोका कारण नयाँ आयोजना सम्पन्न गर्न कठिनाइ भइरहेको भन्दै पुराना आयोजना पुनः निर्माण र सकिन लागेका आयोजनालाई सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए । उनले अर्थ मन्त्रालयले भर्खरै विपद् व्यवस्थापनका लागि रु पाँच अर्ब बजेट निकासा गरेको भन्दै उक्त बजेटले तत्कालै नगरी नहुने समस्यालाई समाधान गर्न सरकार लाग्ने बताए ।

बैठकमा कोशी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एकराज कार्कीले यही असोज १० देखि १२ गतेसम्म आएको बाढीले कोशी प्रदेशको सिँचाइ र तटबन्धनमा रु ९७ करोड ६४ लाख क्षति पुर्याएको बताए । मधेस प्रदेशका मन्त्री शेषनारायण यादवले ठूला नदीमा आएको बाढीका कारण मधेस प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु ७४ करोड ९५ लाखको क्षति पुगेको बताए ।

बागमती प्रदेशका मन्त्री श्याम खड्काले उक्त बाढीपहिरोबाट बागमती प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु एक अर्ब ९७ करोड क्षति पुगेको बताए । गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाले तीन दिनको वर्षाले आएको बाढीपहिरोले गण्डकी प्रदेशको सिँचाइ र तटबन्धनतर्फ रु २३ करोड ६८ लाखको क्षति पुगेको उल्लेख गरे ।

लुम्बिनी प्रदेशका मन्त्री सीता शर्माले बाढीपहिरोले लुम्बिनी प्रदेशका १२ जिल्लामा रु ४४ करोड ६६ लाखको क्षति पुगेको बताए । यस्तै, कर्णाली प्रदेशका मन्त्री विजया बुढाले यस वर्ष कर्णालीभित्र बाढीपहिरोका कारण सिँचाइ र तटबन्धनको क्षेत्रमा रु ३३ करोड १३ लाख बराबरको क्षति पुगेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण रु ४७ करोडको क्षति पुगेको जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img