कठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावाट विद्युत् उत्पादनका लागि ६४ कम्पनीलाई छनोट गरेको छ । प्राधिकरणले ८०० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि आह्वान गरेको बोलपत्रमा २० प्रतिशत अर्थात १६० मेगावाट थप गरी ९६० मेगावाट उत्पादन गर्न ६४ कम्पनीलाई छनोट गरेको हो ।
प्राधिकरणले खुल्ला गरेको उक्त बोलपत्रमा करिब २००० मेगावाट बढी सौर्य ऊर्जा उत्पादनका लागि प्रवद्र्धकहरुले प्रस्ताव पेश गरेको थिए । जसमा १२७ कम्पनी प्राविधिक मूल्यांकनबाट छनोट भएका थिए ।
प्राधिकरणले गत कात्तिक ६ गते आर्थिक प्रस्वात खोलेको थियो । प्राविधिक मूल्यांकनमा छनोट भएका मध्ये ९६० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि ६४ कम्पनी आर्थिक प्रस्तावमा छनोट भएको प्राधिकरणले जानकारी दिएको छ ।
प्रस्तावकहरुले प्रतियुनिट विद्युत् बिक्री दर ४.९९ रुपैयाँदेखि ९.९४ रुपैयाँसम्म प्रस्ताव पेस गरेका थिए ।
६४ सौर्य ऊर्जा परियोजना छनोटः थप विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्
याे पनि पढ्नुहाेस्ःसौर्य विद्युतका लागि पीपीए दर ६ रुपैयाँसम्म प्रस्ताव, तिहारअघिनै मुल्यांकन सम्पन्न गर्ने