Thursday, November 14, 2024
spot_img

सौर्य विद्युतका लागि पीपीए दर ६ रुपैयाँसम्म प्रस्ताव, तिहारअघिनै मुल्यांकन सम्पन्न गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले सौर्य विद्युत् उत्पादनका लागि आह्वान गरेको बोलपत्रमा सहभागीहरूले प्रतियुनिट ६ रुपैयाँसम्म प्रस्ताव गरेका छन् । मंगलबार अर्थात कात्तिक ५ गते खोलेको आर्थिक प्रस्तावअनुसार ८०० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि ४.९९ रुपैयाँदेखि ६ रुपैयाँसम्म प्रस्ताव गरेका हुन् ।

विद्युतीय बोलपत्र पेश गरेकामध्ये ७० कम्पनीहरूले प्रतियुनिट विद्युत् खरिद बिक्री सम्झौताका लागि उक्त दर प्रस्ताव गरेका छन् । प्रस्तावित प्रतिस्पर्धी दरको मूल्यांकन तिहारअघि नै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

प्राधिकरणले सौर्य विद्युत उत्पादनका लागि खुलाएको टेण्डरमा आवेदन हालेका मध्ये १२७ कम्पनी प्राविधिक रुपमा योग्य ठहर भएका थिए । प्राधिकरणले ८०० मेगावाट सोलार विद्युत उत्पादनको लागि प्रस्ताव आह्वान गरेको हो । तर २ हजार मेगावाट भन्दा बढीको लागि आवेदन परेको थियो ।

प्राधिकरणको विद्युत ब्यापार विभागले २०८० चैत्र २१ गते ४५ दिनको समयसीमा राखेर ८०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्नको लागि इच्छुक विकासकर्ताबाट विद्युतीय बोलपत्रमार्फत आह्वान गरेको थियो । प्राधिकरणले आफ्नो नजिकका सबस्टेसनमा जोड्न मिल्ने गरी विकासकर्ताबाट प्रस्ताव आह्वान गरेको थियो । तर विकासकर्ताको सहभागिता न्यून भएको भन्दै प्राधिकरणले ३ पटक म्याद थपेको थियो । पहिलो पटक असार ४ गतेसम्मका लागि, दोस्रो पटक असार २५ गतेसम्मका लागि र तेस्रो पटक साउन ३० गतेसम्म आवेदन दिने म्याद थपेको थियो ।

याे पनि पढ्नुहाेसः सौर्य ऊर्जा विकासका लागि पिपिए दर उपयुक्त कि अनुपयुक्त ?

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img