काठमाडाैँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ११औं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ्ग एण्ड इभन्ट्समा सभा बस्ने निर्णय गरेको हो ।
सभामा हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश हुनेछ । साथै बोनस शेयर वितरणपछि हुने चुक्ता पूँजीको १ः०.५० अनुपातमा १ करोड ३० लाख १३ हजार ५७८.५४ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
गत आवको वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, एक महिला सञ्चालक निर्वाचन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
कम्पनीले ४२ मेगावाटकाे मिस्त्री खाेला जलविद्युत् आयाेजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएकाे छ ।