Sunday, January 19, 2025
spot_img

तल्लो मनाङ मर्स्याङ्दी र चिनोखोलाको विद्युत् उत्पादन अनुमतिपत्र हस्तान्तरण

spot_img

Share

spot_img

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले १३५ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी र ७.९ मेगावाटको चिनोखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र हस्तान्तरण गर्ने भएको छ । कम्पनीले तल्लो मनाङ मर्स्याङ्दी लोअर मनाङ मर्स्याङ्दी हाइड्रो पावर कम्पनी प्रा.लि.मा र चिनो खोला चिनो हाइड्रो पावर लिमिटेडमा हस्तान्तरण गर्ने भएको हो ।

कम्पनीको पौष २८ गते हुने ३२औ वार्षिक साधारणसभाले हस्तान्तरणको प्रस्ताव पारित गरेपछि अनुपति हस्तान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ । यसैगरी, कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता प्रँजीको ५ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव पेश गर्नेछ ।

तल्लो मनाङ मर्स्याङ्दीको उत्पादन अनुमतिपत्र लिने र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने काम सम्पन्न भइसकेको छ । यो आयोजना विकासका लागि छुट्टै कम्पनी दर्ता भई हस्तान्तरणको प्रक्रियामा रहेको छ ।

यसैगरी, चिनो खोलाको पनि उत्पादन अनुमति प्राप्त भइसकेको छ । यस आयोजनाको विद्युत् प्रवाह गर्न नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट भई पीपीए समेत सम्पन्न भइसकेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img