Sunday, January 19, 2025
spot_img

इप्पानले २५ वर्षे यात्रा समेटिएकाे फाेटाे प्रर्दशनी गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पीजे क्लबसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पीजे क्लबबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा बुधवार इप्पान अध्यक्ष गणेश कार्की र पीजे क्लवका अध्यक्ष द्वारिका काफ्लेबीच सम्झौतापत्र आदान प्रदान भएको छ । इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आवद्ध ऊर्जा उत्पादक कम्पनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पीजे क्लवका अध्यक्ष द्वारिका काफ्लेले बताए । जस अनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरुले पठाएको फोटोलाई पीजे क्लव र इप्पानका प्रतिनिधि सहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरी प्रदर्शनीमा राखिनेछ । यसमा आउने तस्वीरहरुबाट उत्कृष्ट प्रथम, द्धित्तीय र तृतीय हुने तस्वीरलाई क्रमशः ३०,२० र १० हजार रुपियाँ राशीसहित  पुरस्कृत गरिनेछ ।

अर्कोतर्फ पीजे क्लवकै अगुवाइमा इप्पानमा आवद्ध सदस्य कम्पनीहरुले प्रवर्द्धन गरेका आयोजनाहरुको तस्वीर संकलन गरेर प्रदर्शनीमा राखिनेछ । पीजे क्लवले संकलन गरेका तस्वीरहरु प्रदर्शनीमा राखिएपनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्वीरहरु इप्पानको सम्पत्ती मात्रै हुनेछन् ।

सम्झौतापत्र आदान प्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्कीसहित कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पीजे क्लवबाट अध्यक्ष काफ्लेसहित महासचिव अमुल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्की लगायतको उपस्थिती थियो । 

फोटो प्रतियोगितामा भाग लिनको लागि यहि पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरु पठाइसक्नुपर्ने छ । त्यस्तै रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियोरवृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिएकोले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ । त्यसको लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्ने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img