Monday, March 9, 2026
spot_img

साढे ४ कराेड लगानीमा टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता

spot_img

Share

spot_img

काठमाडाैँ । टोखा नगरपालिकाले नगरभित्रका मुख्य सडकहरूमा करिब साढे ४ कराेड रुपैयाँ लगानीमा  सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ । टोखाले नगरपालिकाभित्रका मुख्य सडकहरूमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता गरेको हो ।

टोखामा सडकवत्ती जडान गर्न नगरपालिकाले ६५ प्रतिशत र प्राधिकरणले ३५ प्रतिशत रकम व्यहोर्ने छन् । सम्झौताअनुसार टोखा नगरपालिकाले दुई करोड ८४ लाख ८३ हजार र प्राधिकरणले एक करोड ५३ लाख ३७ हजार रूपैयाँ लगानी गर्नेछन् ।

सडकबत्ती जडान गर्न प्रविधिको छनोट, बोलपत्रमार्फत खरिद कार्य सम्पन्न तथा निर्माण कार्यको सुपरिवेक्षणलगायतको कार्य प्राधिकरणले गर्ने सम्झौतामा उल्लेख छ । आयोजनामार्फत जडान गरिने सडकबत्ती संरचनाअन्तर्गत बिजुलीको खम्बा, तार, सडकबत्तीलगायतका वितरण प्रणाली प्राधिकरणको स्वामित्वमा हुनेछ ।

नगरपालिकाको स्वामित्वमा रहेका सोलार, सडकबत्ती जडित खम्बामा नयाँ स्मार्ट सडकबत्ती जडान गर्नुपर्ने भएमा नगरपालिकाले आफ्नै खर्चमा हटाइदिने, नगरपालिकाले सडकबत्ती उपयोग गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम कानुन बमोजिम तिर्ने, सडकबत्तीको प्रयोग गरेवापतको रकम मासिक रुपमा प्राधिकरण्लाई भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका साथै प्राधिकरणको तर्फबाट प्राधिकरणका उर्जा दक्षता तथा चुवावट नियन्त्रण विभागका निर्देशक टेकनाथ तिवारी, उपप्रबन्धक प्रमोद रिजाल र महाराजगञ्ज वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले हस्ताक्षर गरे । 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img