Wednesday, April 30, 2025
spot_img

प्रसारण लाइन निर्माणमा सहजताबारे अध्ययन गर्न समिति गठन

spot_img

Share

spot_img

राष्ट्रिय विकास समस्या समाधान समितिले प्रसारण लाइन निर्माणमा सहजताबारे अध्ययन गर्न समिति गठन गरेको छ । समितिको बिहीबार (चैत १५ गते) बसेको ५२औं बैठकले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।

लाइन निर्माणमा जग्गा प्राप्ति, मुआब्जा र क्षतिपूर्ति निर्धारण तथा स्थानीय अवरोधका कारण निर्माणमा बाधा गरेको विषयमा अध्ययन गर्न समेत समिति गठन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, गृह, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का प्रतिनिधि समेत रहने समिति गठन गर्ने निर्णय उक्त बैठकले गरेको हो । यो समितिले अध्ययन गरी दुई महिनाभित्र आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्नेछ ।

यसैगरी, समितिले विकास आयोजनाहरूलाई आवश्यक पर्ने विस्फोटक पदार्थको उपलब्ध गराउन र प्रयोगलाई सहज बनाउन समेत समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि रहेको समिति गठन गर्ने निर्णय भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले विस्फोटक पदार्थ उलपब्ध र प्रयोग थप प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै बैठकमा प्रस्तावलाई समितिले अनुमोदन गरेको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img