Sunday, March 23, 2025
spot_img

पावर वितरण प्रणाली डिजाईन तथा सुरक्षा सम्बन्धी तालिम सम्पन्न

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल इन्जिनियर्स एसोसिएसनले पावर डिस्ट्रिब्युसन डिजाइन तथा सुरक्षा सम्बन्धी सात दिवसीय तालिम सम्पन्न गरेको छ। नेपाल विद्युत प्राधिकरणको मुख्य सहयोगमा फागुन १ देखि ७ गतेसम्म एसोसिएसनको पुल्चोकस्थित भवनको तालिम केन्द्रमा आयोजित उक्त तालिममा विभिन्न संस्थाका ३० जना विद्युत इन्जिनियरहरूको सहभागिता रहेको थियो ।

तालिमको अवधि सात दिनको थियो, जसमा कुल ४० घण्टाको पाठ्यक्रम समेटिएको थियो । यस क्रममा २० वटा दुई-दुई घण्टाका सेसनहरू सञ्चालन गरिएका थिए । तालिममा १८ जना विषय विज्ञहरूले प्रशिक्षण प्रदान गरेका थिए । यसमा नेपाल विद्युत प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, नेपाल आयल निगम तथा स्वतन्त्र रूपमा कार्यरत विद्युत इन्जिनियरहरू सहभागी थिए ।

तालिमको पाठ्यक्रम तयार गर्न एसोसिएसनले इ. डा. अरविन्द कुमार मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा इ. जयानन्द झा, इ. सन्तोष प्रसाद पन्त, इ. आशा खनाल, र एसोसिएसनका केन्द्रीय कार्यकारिणी सदस्य इ. मेघनाथ ढकाल सदस्य सचिवका रूपमा संलग्न थिए। समितिले निर्धारण गरिएको समयमा नै कोर्स डिजाइन कार्य पूरा गरेको थियो ।

नेपाल विद्युत प्राधिकरण र नेपाल इन्जिनियर्स एसोसिएसनबीच भएको समझदारी (MoU) अनुसार कार्यकारी निर्देशक इ. कुलमान घिसिङको स्वीकृतिपछि तालिम सञ्चालन गरिएको थियो । एसोसिएसनका अध्यक्ष इ. सुवास चन्द्र बरालले तालिम नेपाल इन्जिनियर्स एसोसिएसनको महत्वपूर्ण कार्यक्रम भएको जानकारी गराए। एसोसिएसनका उपाध्यक्ष इ. प्रकाश के.सी.ले ‘इन्जिनियर्स स्टाफ कलेज स्थापनाको आधार तयार गर्न यस्ता तालिम कार्यक्रमहरू आवश्यक रहेको बताए ।

तालिमको विशेष अतिथि तथा लिड इन्स्ट्रक्टर इ. डा. अरविन्द कुमार मिश्रले एकेडेमिक तथा फिल्ड ज्ञानयुक्त स्रोत व्यक्तिहरूको सहभागिताले तालिमलाई प्रभावकारी बनाएको बताए । सहभागिहरूका तर्फबाट आशा खनाल र अशोक अर्यालले तालिम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इ. कुलमान घिसिङले अनुभवी इन्जिनियरहरूको ज्ञान नयाँ पुस्ताका इन्जिनियरहरूमा हस्तान्तरण गर्न प्राधिकरण सधैं तयार रहेको उल्लेख गरे । उनले यस्तो तालिम कार्यक्रमहरूले नेपालका इन्जिनियरहरूको सीप अभिवृद्धि गर्दै विद्युत सुरक्षालाई थप प्रभावकारी बनाउने बताए ।

तालिम कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन नेपाल इन्जिनियर्स एसोसिएसनका कार्यकारिणी सदस्य इ. मेघनाथ ढकालले गरेका थिए।नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा आयोजित यो तालिम नेपाली इन्जिनियरहरूको क्षमतावृद्धि तथा विद्युत सुरक्षामा सुधार ल्याउन महत्वपूर्ण कोसेढुंगा सावित हुनेछ । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img