Sunday, March 23, 2025
spot_img

बिवाइडीको हाई–टेक वीक सुरु, ३६० डिग्री ट्याङ टर्न क्षमता भएको सुपरकार प्रदर्शनीमा

spot_img

Share

spot_img

काठमाडाैँ । बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौँको एभरेष्ट होटलमा हाई–टेक वीक २०२५ सुरु गरेको छ । साइमेक्सले बुधबारदेखि नयाँ प्रविधि र सुपरकारसहितको हाई–टेक वीक सुरु गरेको हो ।

नेपाली सडकमा नगुडेका ५ नयाँ मोडलका कारहरु प्रदर्शनीमा राखिएको हाई–टेक वीकमा अफरोड पीकअप ट्रक सार्क, बाओ ५, याङवाङ यु ८, जेड ९ जिटी, डेन्जा प्रदर्शनीमा राखिएको छ । जसमा ३६० डिग्री ट्याङ टर्न क्षमता भएको याङवाङ यु ८ सुपर कार प्रदर्शनीमा राखिएको छ । यो आपतकालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्नेछ ।

प्रर्दशनीमा राखिएकामध्ये प्लग इन हाइडब्रीड पिकअप सार्क तथा लक्जरी एमपीभी जेण्डा जेड-९ जिटी नेपाली बजारमा बिक्री गर्ने तयारी भइरहेको छ । बाँकी भने प्रदर्शनीका लागि मात्र राखिएको हो ।

हाइ टेक वीकले नेपालको हरित ऊर्जाको यात्रालाई गति दिनुका साथै विद्युतीय सवारी प्रविधिमा नवीनता ल्याउने लक्ष्य राखिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागीहरूले बिवाईडीको ब्लेड ब्याट्री प्रविधि, इ प्लेटर्फम ३.०, डुअल मोड अफ रोड, उन्नत चालक सहायता लगायतका नवीनतम प्रविधिको प्रत्यक्ष अनुभव गर्ने अवसर पाउने साइमेक्सका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले जानकारी दिए । उनले नयाँ बिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर पाइने बताए ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार प्रदर्शनीमा सहभागी हुनेहरुले विभिन्न विशेष अफरहरू पनि प्राप्त गर्नेछन् । साथै, ईभीका विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तक्रिया गर्ने अवसर पनि पाउनेछन् ।

बीवाईडीहाईटेकविकमाप्रदर्शनगरिएकाप्रविधिहरु

इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।

ब्लेडब्याट्रीनेलपेनेट्रेसनटेस्ट

बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।

प्लेटफर्म.कोप्रस्तुति

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट (Intellegent Energy Management) सहित उपलब्ध छ ।

डेन्जाजेड९जीटीकम्पासटर्नएक्स्ट्रिमटर्नप्रदर्शन

सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न (Compass turn) फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।

एफसीबीबाओस्पिडबम्पसस्पेन्सनटेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम (Intellegent Suspension System) यसले देखाएको छ ।

याङवाङयु८ e4 प्लेटफर्मडिससपी

यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न (Tank Turn) फिचर पाउन सकिन्छ, जुन e4 प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउछ ।

त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी (stability) र एडेप्टिबिलिटी (adaptability) उपलब्ध गराउछ ।

मोबिलिटीकोभविष्यमाअग्रगामीबन्दै

अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टी गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्नेछ । यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छन् ।

इभेन्टको अवसरमा बोल्दै साइमेक्स इंक प्रा. ली. का चेयरम्यान अनिल श्रेष्ठले भने, ‘न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सिमाहरुलाई बीवाईडीले लगातार रुपमा पार गरिरहेको छ । हाल सम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने हाम्रो भिजनको एक झलक बीवाईडी हाई–टेक विक हो । यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्नेछ ।’

ईभी ब्याट्री टेक्नोलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र सुपेरियर भेइकल इन्जिनियरिङको क्षेत्रमा भएका पछिल्ला सफल प्रविधि सहितका विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली ग्राहकमाझ ल्याउन साइमेक्स इंक प्रा. ली. सदैव प्रतिबद्ध छ ।

फेब्रुअरी २७ बाट प्रारम्भ हुने बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुनेछन् ।

पहिलो चरण : ११ देखि १२.३० बजे सम्म

दोस्रो चरण : १.३० देखि ३.०० बजे सम्म

तेस्रो चरण : ४.०० बजे देखि ५.३० बजे सम्म

अवलोकनकर्ताहरुले आफूलाई उपयुक्त समय अनुसारको अनुकूलता मिलाएर इभेन्ट हेर्न सक्नेछन् ।

बीवाईडी हाई–टेक विक २०२५ को टिकट e-sewa मा उपलब्ध छ । विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img