Sunday, March 23, 2025
spot_img

‘कार्यसम्पादन प्रतिवेदन ढिला पेश गरिएको कारणले सम्झौता पत्र रद्द हुने शर्त सम्झौता पत्रमा छैन’

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमार्फत मन्त्रिपरिषद् समक्ष आफ्नो स्पष्टीकरण पेश गरेका छन् । बिहिबारको मन्त्रिपरिषद्को बैठकले उनलाई चार बुदे स्पष्टीकरण सोधेको थियो ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा सरकारको निर्देशन नमानेको, भारतबाट महँगो बिजुली किनेको जानकारी नगराएको, कार्य सम्पादन समयमा नबुझाएको भन्दै स्पष्टीकरण सोधिएको थियो । कार्य सम्पादन समयमा नबुझाएको भन्दै मन्त्रालयले उनलाई शुन्य नम्बर दिएको छ ।

स्पष्टीकरणमा उनले कार्यसम्पादन प्रतिवेदन ढिला पेश गरिएको कारणले सम्झौता पत्र रद्द हुने शर्त सम्झौता पत्रमा नरहेको उल्लेख गरेका छन् । कार्य सम्पादन मूल्यांकनको समयावधि सम्झौतामा नतोकिएको, आफूलाई ५० प्रतिशतभन्दा कम अंक दिंदा आफ्नो सफाई पेश गर्ने मौका नदिएको, मूल्यांकन समिति गठन भएको आफ्नो जानकारीमा नरहेको,  कार्य सम्पादन मूल्यांकनबारे आफ्नो कार्य व्यस्तता (बाढी, पहिरोका कारण जलविद्युत् गृह तथा प्रसारण लाइन र सवस्टेशनको मर्मत गरी विद्युत् पुनः आपूर्ति कायम गर्ने) का कारण मन्त्रालयलाई लिखित रुपमा अवगत गराएको उल्लेख गरेका छन् । साथै, उनले मन्त्रिपरिषद्को स्वीकृति लिएर भारत भ्रमण गएको उल्लेख गरेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img