Friday, July 11, 2025
spot_img

अटाे व्यवसायीकाे नयाँ संगठन ‘नाइमा’, नेपाल मोबिलिटी एक्स्पो साउन २१ देखि

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल अटोमोबाइल्न इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर एशोशियन (नाइमा)को औपाचारिक घोषणा भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रम गरी नेपालको मोबिलिटी क्षेत्रमा रहेका समस्याहरूलाई समाधानका निम्ति नाइमा संस्थाको जन्म भएको जनाइएको छ ।

नेपालको मोबिलिटी क्षेत्रमा भएका समस्या र चुनौतिहरूको वकालत गर्ने उद्देश्यले नाइमा सञ्चालनमा ल्याइएको जनाइएको छ । नाइमाको नेतृत्व ऋतु सिंह बैद्यले गरिरहेकी छन् । नाइमाले मोबिलिटी क्षेत्रको प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र वकालत गर्न एकीकृत प्लेटफर्मको रूपमा समेत काम गर्ने अध्यक्ष वैद्यको दावी छ ।

यस्तै, अटोमोबाइल आयातकर्ता र उत्पादक समुदायका लागि सीपमा आधारित तालिमहरू प्रदान गर्ने, वातावरणको सुधारका लागि नातिगत वकालतमा संलग्न हुने र अटोमोबाइल प्रयोगकर्ता र सर्वसाधारणको सुरक्षा र संरक्षण सुनिश्चित गर्ने तथा सडक यातायातका लागि पूर्वाधार र प्रणालीको विकास गर्ने लगायतका सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ नाइमा सञ्चालनमा आएकाे जनाइएकाे छ ।

नाइमाको सञ्चालक समितिमा नाइमाको सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, शौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काब्रा आवद्ध रहेका छन् ।

नाइमाले बुधबार नै साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो– २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । एक्स्पो साउन २५ गतेसम्म भृकुटीमण्डपमा हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img