Friday, July 11, 2025
spot_img

सबस्टेसनमा भएको आगलागी रहस्यमय

spot_img

Share

spot_img

काठमाडौँ । उच्च् क्षमताको दुई वटा सबस्टेसनमा आगलागी भएको छ । एक साता अघि अर्थात चैत ३१ गते मातातिर्थ सबस्टेसनमा आगलागी भएको थियो भने बैशाख ३ गते ढल्केबर सबस्टेसनमा आगलागी भयो ।

मातातीर्थ सबस्टेसन अन्तर्गतको ११ केभी फिडर लाइनहरूमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आगलागी हुँदा ३ वटा फिडरबाट विद्युत् वितरण हुने विद्युत् प्रभावित भएको थियो । जसका कारण स्थानीयले सास्ती खेप्नु परेको थियो ।

यो सबस्टेसनमा भएको आगलागीको स्थलगत निरीक्षण गर्न पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित ग्राहक तथा वितरण सेवा सेवा निर्देशनालय र बागमती प्रादेशीक कार्यलयका निर्देशकसहितको टोलीले सबस्टेसनमा भएको लागलागी रहस्यमय भएको पत्ता लगाएका थिए ।

जसको छानविन गर्न प्राधिकरणको निर्देशक जुजुरत्न शाक्यको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिमा सहनिर्देशक चुडामणी आचार्य र सहायक प्रबन्धक करिम हुसेन खान सदस्य रहेका छन् । समितिलाई घटनाबारे अध्ययन गरी (बुधबारदेखि) एक साताभित्र प्रतिवेदन पेश गर्न प्राधिकरणले कार्यादेश तोकेको छ ।

एउटा सबस्टेसनमा आगलागी भएको एक साता नहुँदै फेरि १३२ केभी क्षमताको ढल्केबर सबस्टेसनमा आगलागी भयो । यसको अध्ययन, निरक्षण गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्य सहितको टोली सबस्टेसनस्थल पुगेका छन् ।

अचानक भएको प्राविधिक समस्या, त्यस क्षेत्रको विद्यमान लोडको अवस्था र यस्ता समस्याको दिगो समाधान गर्ने टोली त्यहाँ पुगेका हुन् । ढल्केबर देशकै ठूलो सबस्टेसन हो ।

अध्ययन, निरीक्षणको क्रममा शाक्यले आगामी दिनमा यस्ता प्राविधिक समस्या दोहोरिन नदिन उच्च सतर्कताका साथ काम गर्ने बताएका छन् ।

यो सबस्टेसनका धनुषा, महोत्तरी, सिन्धुली लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध घएको थियो । जसमा अधिकांश क्षेत्रमा वैकल्पिक व्यवस्था गरी आपूर्ति गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img