Friday, July 11, 2025
spot_img

किमाथांका अरुण यहीवर्ष निर्माणमा जाँदै, प्राधिकरणसँग प्रसारण सम्झौता सम्पन्न

spot_img

Share

spot_img

काठमाडौँ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४५४ मेगावाटको किमाथांका अरुण आंशिक जलाशय जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय ग्रिडमा जोडन प्रसारण सम्झौता सम्पन्न भएको छ । प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरण, ग्रिड विकास विभागबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा प्राधिकरण, ग्रिड विकास विभागका तर्फबाट निर्देशक कमल आचार्य र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उत्पादीत विद्युत् १८.५ किलोमिटर दुरीमा रहेको हाइटार सबस्टेसनमा जोडिनेछ ।

अहिले जलविद्युत् आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) स्वीकृतिको प्रक्रियामा रहेको छ । प्रमुख कार्यकारी अधिकृत शाहीका अनुसार अब चाँडो विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न गरी २०८२ भित्रै निर्माणमा लैजाने योजना छ ।

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण अघि बढ्न लागेको यो आयोजनाको लागत करिब ९३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । जसमा ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लगानी हुनेछ ।

यस आयोजनाबाट दैनिक ६ घण्टा उच्च माग भएको पिक आवरमा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ । आयोजना पूरा भएपछि वार्षिक २ हजा ५५१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img