Friday, July 11, 2025
spot_img

गुजुल्टिएको तारले बिगार्दै सहरको सौन्दर्य

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरण र काठमाडाैँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार र अव्यवस्थित तारहरूलाई भूमिगत गरेपछि न्यूराेड साच्चै सुन्दर देखिएकाे छ ।

फुटपाथ विस्तार गरेसँगै त्यहाँ अव्यवस्थित तारहरू र बिजुलीका पोलहरू हटाइएपछि यसकाे चर्चा बढ्दै गयाे । युराेपकाे झल्काे दिएकाे भन्दै न्यूराेड घुम्न जाने, फाेटाे खिच्ने, भिडियाे बनाउनेहरूकाे लर्काे लाग्याे । तर, प्राधिकरणले न्यूराेडकाे थाेरै अंशकाे मात्र तार व्यवस्थापन गरेकाे छ ।

काठमाडाैँ लगायतका मूख्य सहरका रहेकाे बिजुलीकाे खम्बाहरूमा तार गुजुल्टिएका छ्न् । इन्टरनेट सेवा प्रदायक संस्था तथा प्राधिकरणकाे वितरण लाइनले सडकछेउका खम्बामा टाँगिएका तारले सहरहरू कुरूप बनेको छ । व्यापारिक संस्थाहरूले तार नहटाउँदा दिनप्रतिदिन सहर फोहोर हुँदै गएको हो ।

नेपाल विद्युत् प्राधिकरणका खम्बामा केबुल र इन्टरनेट सेवा प्रदायकले तार टाँगेका छन् । तर कुनै पनि निकायले तार व्यवस्थित गरेका छैनन् । तारमाथि तार थपिँदा कतै गुजुल्टा परेका छन् त कतै तुर्लुङ्ग झुन्डिएका छन् ।

कतिपय सडकमा झुन्डिएका तारले पैदल यात्रीलाई पनि अवरोध हुँदै आएको छ । यस्ता तार भूमिगत रूपमा व्यस्थापन गर्ने भनिए पनि कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो समय प्राधिकरणले विद्युतीय तारहरू भूमिगत गर्ने कामलाई तिव्रता दिएको छ । प्राधिकरणले काठमाडौँ, पोखरा, भरतपुरजस्ता ठूला सहरमा तार भूमिगत गर्ने योजना सञ्चालन गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img